दफा १०
वेवसाइटमा प्रकाशन गरिने सामग्रीको टाइप र रुजु सम्बन्धी व्यवस्था

(१) वेवसाइटमा प्रकाशन गरिने नेपाली वा अंग्रेजी भाषाको टाइप गराउँदा आयोगले आयोगको कुनै कर्मचारी वा अन्य व्यक्तिलाई देहाय बमोजिम पारिश्रमिक उपलब्ध गराउनेछ ः–
(क) नेपाली भाषाको सामग्री टाइप गरे बापत प्रति पेज –रु ४६।–
(ख) अंगे्रजी भाषाको सामग्री टाइप गरे बापत प्रति पेज –रु ३४.५०।–
(ग) प्रुफ रिडिङ (रुजु) गरे बापत प्रति पेज –रु २३।–
(घ) अपलोड (प्रकाशन) गरे बापत प्रति पेज –रु ११.५०।–
(२) प्रुफ रिडिङ वा रुजु गर्ने सम्पादनकर्ताले प्रमाणित गरिसके पश्चात मात्र उपरोक्त सामग्री वेवसाइटमा अपलोड गरिनेछ ।